एसियाली खेलकुद : सुस्मिताले प्राप्त गरिन् १३औँ स्थान

काठमाडौं । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत थाउलोको महिला छानछ्वान स्पर्धामा नेपाली उसु खेलाडी सुस्मिता तामाङले १३औँ स्थान हासिल गरेकी छन् ।

आइचीको प्रिफेक्चुरल मार्सल आर्ट हलमा सोमबार भएको प्रतिस्पर्धामा सुस्मिताले कुल ९.५८० अंक प्राप्त गरिन् । उनले क्वालिटी अफ मुभमेन्टतर्फ ४.९०, ओभरअल पर्फर्मेन्समा २.६८० र डिग्री अफ डिफिकल्टीमा २.०० अंक जोडिन् ।

महिला छानछ्वान स्पर्धामा कुल १६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा हङकङकी हुइ यु शाम लिडियाले स्वर्ण पदक जितिन् । मकाउकी चो मान सोउले रजत तथा युजेनिया डिभा विदोदोले कांस्य पदक हात पारिन् ।

प्रतिक्रिया