काठमाडौं । एनसेलले नेपालमा एप्पल फोनको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँग सहकार्य गर्दै आइफोन १८ प्रो, आइफोन १८ प्रो म्याक्स र आइफोन डुओ खरिद गर्ने ग्राहकका लागि विशेष बन्डल अफर सार्वजनिक गरेको छ।
एनसेलका अनुसार यो योजना हालका एनसेल प्रयोगकर्ता तथा नयाँ एनसेल सिम लिने ग्राहकले प्राप्त गर्न सक्नेछन्। अफरअन्तर्गत नयाँ आइफोन मोडल खरिद गर्ने ग्राहकले असीमित डाटा, असीमित लोकल कल, दैनिक १५० वटा निःशुल्क एसएमएस तथा प्रिमियम कन्टेन्ट उपलब्ध हुने ओटीटी प्लेटफर्म लायन्सगेटको सब्सक्रिप्सन पाउनेछन्।
योजनाअनुसार आइफोन १८ प्रो र आइफोन १८ प्रो म्याक्स खरिद गर्ने पहिलो २०० जना ग्राहकले यी सुविधा तीन महिनासम्म निःशुल्क प्राप्त गर्नेछन्। यस्तै, आइफोन डुओ खरिद गर्ने पहिलो १०० जना ग्राहकले सोही सुविधा ६ महिनासम्म अतिरिक्त शुल्कबिनै प्रयोग गर्न पाउनेछन्।
एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँगको सहकार्यमा आइफोनका नयाँ मोडल खरिदकर्ताका लागि विशेष अफर ल्याउन पाउँदा खुसी लागेको बताए।
उनका अनुसार ग्राहकलाई व्यवहारिक मूल्यमा डिजिटल जीवनशैलीसँग जोड्ने एनसेलको प्रतिबद्धताअनुसार ल्याइएको यस योजनाले देशभरका प्रयोगकर्तालाई भरपर्दो कनेक्टिभिटी उपलब्ध गराउन सहयोग गर्नेछ।
“प्रिमियम डिभाइससँग भरपर्दो मोबाइल सेवालाई जोडेर हामी सञ्चार र मनोरञ्जनलाई अझ सरल र फलदायी बनाउन चाहन्छौँ,” दत्ताले भने।



प्रतिक्रिया