राहत सरकारी कोषलाई होइन जनतालाई चाहिएको छ : ओली

भदौ १० गते भोटेकोशीमा आएको महाप्रलयकारी तुफानरुपी बाढीपश्चात् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली घटनास्थल पुगेका छन् । सो क्रममा  प्रभावित क्षेत्रको अवलोकनका साथै प्रभावितसँग समानुभूति प्रकट  गरी राहतसमेत वितरण गरे । साथै सञ्चारकर्मीसामु बाढी प्रभावित, पुननिर्माणका साथै थप समसामयिक विषयमा धारणाा  राखे।  प्रस्तुत छ ,ग्रीन आर्मी, सरकारका कामकारबाही,एमालेले राहत कोषमा पैसा जम्मा गर्ने वा नगर्ने,सरकारका मन्त्रीको प्रस्तुति लगायत विषयमा उनै ओलीले राखेका विषयको सम्पादित अशं :  

 

एआई सिर्जित फोटाहरु लगाएर हिलाम्मे मान्छे बोकेर मन्त्रीले गाडीमा राखेका तस्वीरबाट पपुलारिटी बटुल्ने काम भइरहेको छ । हेलिकोप्टर चाहिँ आकाशमा उठिरहेका छन् । यहीँ बस्दा बस्दै ४ पाँचवटै हेलिकोप्टर उढेको देखियो । हामीलाइ एआई सिर्जित तस्वीर होइन । जनतालाई राहत दिने काम चाहिएको छ । हाम्रोतर्फबाट राहत वितरणदेखि उद्धारका काम भइरहेका छन् ।

ग्रीन आर्मी गठनको काम कसरी भइरहेको छन् ? के उद्देश्यले भएको छ? आर्मी युनिफर्ममा चुस्ता लगाएर दर्ज्यानी चिन्हसहित देखिन्छन् । के हो दर्ज्यानी चिन्ह ? भोलिएन्टिएरको दर्ज्यानी चिन्ह ? ग्रीन आर्मीलाई आर्मी, सशस्त्र प्रहरी र प्रहरीले तालिम दिइएको कुरा आएको छ । यसको खर्च कसले बेहोर्यो ? कसले व्योहोर्ने गर्छ ? संख्या ७० हजार भएको दाबी आएको छ । ७० हजार बुट, चुस्ता, अरु परिचालनका खर्च कसले व्योहोरेको छ । यसको स्रोत के हो ? म प्रधानमन्त्री भएका बेला दर्ता भएको भन्ने कुरा आएको छ ।

ग्रीन आर्मीसँग आफ्नो नाम  जोड्नुको कारण के हो ? संस्था दर्ताका लागि प्रधानमन्त्रीको आदेश चिहँदैन । संस्था दर्ता गर्ने ऐन होला । कार्यालय होला संघसस्था दर्ता सेनाले गर्दैन । स्वीकृति दिने कुरा पनि सेनाको कुरा होइन । अब यो सिडियो कार्यालय गृहमन्त्रालयले गरेको छ भन्ने सुनिन्छ । रक्षा मन्त्रालयले गरेको छ भन्ने सुनिन्छ ।

यी काम कसरी भइरहेका छन् ? के उद्देश्यले भएका छन् ? आर्मी युनिफर्ममा चुस्ता लगाएर दर्ज्यानी चिन्हसहित देखिन्छन् । के हो दर्ज्यानी चिन्ह ? भोलिएन्टिएरको दर्ज्यानी चिन्ह ? ग्रीन आर्मीलाई आर्मी, सशस्त्र प्रहरी र प्रहरीले तालिम दिइएको कुरा आएको छ । यसको खर्च कसले बेहोर्यो ? कसले व्योहोर्ने गर्छ ? संख्या ७० हजार भएको दाबी आएको छ । ७० हजार बुट, चुस्ता, अरु परिचालनका खर्च कसले व्योहोरेको छ । यसको स्रोत के हो ? म प्रधानमन्त्री भएका बेला दर्ता भएको भन्ने कुरा आएको छ ।

म प्रधानमन्त्री भएका बेला कतिले भ्रष्टाचार गरेका होलान् ? केपी प्रधानमन्त्री भएका बेलापो गरेको थिए त भन्न पाइन्छ ? ककसले के के संस्था दर्ता गरेको छ । त्यो सस्था गरेको काम प्रधानमन्त्रीको हुन्छ । मेरो नाम त्यहाँ किन ल्याएको ? दालमा कालो छ भन्छन् नि । संघ संस्था दर्ता सेनाले गर्दैन । स्वीकृति दिने कुरा पनि सेनाको होइन ।

नेपाली सेनाले स्वीकृति नदिएपछि चुस्ता कसले बनायो ? त्यसको खर्च कसले व्योहोर्यो ? यो यस्तो सजिलो कुरा होइन । चुस्ता सिलाउन जहाँ पायो त्यहीँ सिलाएजस्तो होइन । यो खास ठाउँमा सिलाइनुपर्छ ? एकै किसिमको डिजाइन । यी सबै गोप्य ढंगले भएको हुनुपर्छ । यी मान्छेहरु गोप्य रुपमा कहाँ राखिएका थिए ?

एकदिन चुस्तासहित देखा परे । उनीहरुलाई राहत उद्धारका लागि आउनुभएको हो भन्ने प्रश्नमा उनीहरुले अँ त्यस्तै त्यस्तै जवाफ दिएका थिए । त्यसपछि फोटोसोटो खिचाए  । अहिले  यो के सो गर्न खोजेको  ? नेपालमा यो चिज पनि छ है भन्न खोजेको मात्रै हो । थाह छैन उनीहरु अहिले कहाँ छन् ?

त्यो संस्था २०७२ सालको भूकम्पमा पनि थिएन। कोभिडको बेलामा पनि थिएन। गत वर्ष रसुवामा बाढी गएको थियो। त्यो बेला पनि थिएन। गत वर्ष नेपालमा त्यत्रो राजनीतिका नाममा तोडफोड आगजनी भयो। त्यो युनिफर्ममा जनशक्ति देखिएन। यो कुरा नेपाली जनताले विचार गर्नुपर्छ ।

नेपाली सेनाजस्तो राजनीतिक विवादमा मुछिनै नहुने संस्था गत वर्षदेखि राजनीतिक विवादमा मुछिने  काम भएको छ। यस्तो नहोस् भन्ने हाम्रो चाहना हो । नेपाली सेना यस्ता कुराबाट पृथक रहनु,  निर्विवाद रहनु, निष्कलंकित रहनु, स्वच्छ रहनु र नेपाली जनताको आशा भरोसा र विश्वास भएको एउटा दर्विलो राष्ट्रिय सुरक्षाको सुदृढ सस्था विश्वसनीय संस्थाको रुपमा रहनु र त्यस सीमामा रहनु उचित हुन्छ भन्ने मलाई लाग्छ ।

यतिबेला यस्ता विषय उठाउनुपर्ने थिएन । यतिबेलै चुस्तासमेत बुट कसेका मानिसहरु राहत उद्धार भनेर पुगे । यी यवात कुरा उठेका छन् त्यसमा पछि कुरा गर्दै जाउला ।

राहत र उद्धारसँगै जोडिएको पुनर्निर्माणको काम पनि छ । त्यसै कारण अहिले प्रदेश सरकारको तर्फबाट कतिपय ठाउँमा तुइनको व्यवस्था गरिएको छ । र, कतिपय ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने बाट निर्माण गर्ने काम भइरहेको छ । र विभिन्न प्रदेश सभाले सहयोग पुर्याइरहेका छन् ।

एआइ सिर्जित फोटाहरु लगाएर हिलाम्मे मान्छे बोकेर मन्त्रीले गाडीमा राखेका तस्वीरबाट पपुलारिटी बटुल्ने काम भइरहेको छ । हेलिकोप्टर चाहिँ आकाशमा उठिरहेका छन् । यहीँ बस्दा बस्दै ४ पाँचवटै हेलिकोप्टर उढेको देखियो । हामीलाइ एआई सिर्जित तस्वीर होइन । जनतालाई राहत दिने काम चाहिएको छ । हाम्रोतर्फबाट राहत वितरणदेखि उद्धारका काम भइरहेका छन् ।

राहत सरकारी कोषलाई चाहिएको होइन् । राहत पीडितलाई चाहिएको हो । तसर्थ हामी पीडितकहाँ राहत पुर्याउँछौँ । हामीले सरकारी कोषमा जम्मै गर्दैनौँ भनेर पनि भनेका छैनौँ । पीडित कहाँ सरकारकरी राहत कोषमा जम्मा गर्ने हैसियत रहेमात्र सरकारी कोषमा जम्मा गर्छौँ ।

प्रतिक्रिया

सम्बन्धित समाचार