एनपीएलमा आज सुदूरपश्चिम र पोखरा भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि क्रिकेट मैदानमा अपराह्न साढे ४ बजे सुरु हुने खेलमा दुवै टोली पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन्।

सुदूरपश्चिमका लागि यो प्रतियोगिताको दोस्रो खेल हो भने पोखराले आज पहिलो खेल खेल्दैछ। सुदूरपश्चिम आफ्नो पहिलो खेलमा दोस्रो संस्करणको च्याम्पियन लुम्बिनी लायन्ससँग पराजित भएको थियो।

यसअघि मंगलबार भएका खेलमा चितवन राइनोज र कर्णाली याक्सले विजयी सुरुआत गरेका छन्। चितवनले विराटनगर किंग्सलाई तथा कर्णालीले जनकपुर बोल्ट्सलाई पराजित गरेका थिए।

हालसम्मको अंकतालिकामा लुम्बिनी लायन्स पहिलो, कर्णाली याक्स दोस्रो र चितवन राइनोज तेस्रो स्थानमा रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार