नेपाल भारत खुला तीनतिर खुला सीमा भएको क्षेत्रहो । यहाँ एक देशबाट अर्को देश जान कुनै भिसा लिनुपर्दैन । त्यति मात्रै नभएर यी दुई देशबीच एक देशझै विवाह बन्धनलगायत धार्मिक संस्कृति पनि छ । सम्भवतः यही लचकताकै कारण लामो समयदेखि नेपाल भारतबीचको सीमा विवाद चर्चामा छ ।
त्यसमा पनि सीमा क्षेत्रमा भारतीय पक्षबाट हुने गरेको ज्यादतिका कारण नेपला बेलाबेला दुखी हुँदै आएको छ ।
यही समयमा नेपालका प्रधानमन्त्री भारत भ्रमणमा छन् । उनकै शब्दमा भन्ने हो भने भारत नेपाल भारती सीमा विवाद तयार छ । र, नेपाल भारत सीमा विवाद भारत– बंगलादेश मोडलको अवलम्बन गर्न सकिन्छ भनी चर्चा सुरु भएको छ ।
के हो बंगलादेश मोडल ?
भारत भ्रमणको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमा विवाद समाधानका विषयमा भारत र बंगलादेशको सीमा समस्या समाधान मोडेल पनि एउटा विकल्प हुन सक्ने बताएपछि यस विषयमा पुनः चासो बढेको छ ।
त्यसो त, गत वर्ष तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा पनि भारतका तत्कालीन विदेश सचिव हर्षवर्धन श्रींगलाले बंगलादेशसँगको सीमा विवाद समाधानको प्रसंग उल्लेख गरेका थिए ।
उनले त्यसबेला भनेका थिए, ‘हामीले बंगलादेशसँगको सीमा विवाद समाधान ग¥यौं, नेपालसँग पनि त्यसैगरी वार्ताद्वारा सीमा समस्या समाधान गर्न सकिन्छ ।’
भारत र पाकिस्तानको विभाजनसँगै पूर्वी पाकिस्तानका रूपमा रहेको बंगलादेशसँग जमिनको विवाद रहँदै आएको थियो । सन् १९७२ मा बंगलादेश स्वतन्त्र भएपछिका ४३ वर्षसम्म पनि त्यो विवाद समाधान हुन सकेको थिएन । भारत र बंगलादेशबीचको चार हजार किलोमिटरको सिमानाका सयौं स्थानमा विवादहरू थिए ।
सन् २०१४ मा नरेन्द्र मोदी भारतको प्रधानमन्त्री निर्वाचित भएलगत्तै सम्पन्न बंगलादेश भ्रमणका क्रममा भारत र बंगलादेशबीच ६ जुन २०१५ मा ‘भू–सीमा सम्झौता’ भयो । उक्त सम्झौताले करिब चार दशक लामो सीमा विवाद समाधान गर्यो ।
यो सम्झौतामार्फत दुई मुलुकले भूमि आदानप्रदान (स्वाप) गरेर सीमा विवाद समाधान गर्न भारतले संविधान नै संशोधन गरेको थियो ।
विभिन्न न्यूजपोर्टलको सहयोगमा


प्रतिक्रिया