घट्यो पेट्रोलियम पदार्थको मूल्य,पेट्रोलको मूल्य १६८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

आजबाट लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।

हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर कायम भएको छ । डिजेल र मट्टितेलको प्रतिलिटर १५३ रुपैयाँ भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार