काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले स्थायी कर्मचारी माग गरेको छ ।
लिमिटेडले खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्तिका लागि विभिन्न पाँच पदमा ११ जनशक्तिका लागि आवेदन आह्वान गरेको हो ।
प्रशासन, सहायक व्यवस्थापक तह ६ मा खुला, मधेसी र दलितमा १र१ जना जनशक्ति मागिएको छ । तह ७ को कानून अधिकृत एक जना माग गरेको लिमिटेडले सहायक खुला र मधेसीमा १र१ जना मागेको छ । प्रशासन सहायक तह ४ मा ४ जनशक्तिका लागि आवेदन खुलाइएको छ ।
आवेदन सिंगल दस्तुर तिरेर आगामी जेठ १० गतेसम्म र दोब्बर दस्तुर तिरेर जेठ १७ गतेसम्म दिन सकिने लिमिटेडको सूचनामा उल्लेख छ ।







प्रतिक्रिया