गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको मुद्दाको निवेदन दर्ता गर्न अस्वीकार

काठमाडौं । सार्वोच्च अदालत प्रशासनबाट गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्नुपर्ने र उनीमाथि सहकारी ठगीको आरोपमा छानबिन हुनुपर्ने आदेशको माग राखी दायर रिट निवेदनको दर्ता अस्वीकार भएको छ ।

सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेलका अनुसार निवेदन दर्ता गर्नयोग्य नभएको भन्दै सो निवेदन दरपिठ भएको हो ।

रिट निवेदकले राज्यका निकायमा कानूनी उपचारको बाटो बन्द नभएको भन्दै सर्वोच्च अदालत प्रशासनले असाधारण अधिकार क्षेत्रको प्रयोग गर्न अस्वीकार गरेको हो ।

‘निवेदकको के कुन हक अधिकार कसरी हनन् हुन गएको हो, स्पष्ट खुलाउनु पर्नेमा सो उल्लेख भएको देखिएन’ आदेशमा भनिएको छ, ‘रिट निवेदकको माग साधारण अधिकार क्षेत्र प्रयोग गरी उपचार खोज्न सकिने हुँदा प्रस्तुत निवेदन दर्ता गर्न मिलेन ।

प्रतिक्रिया

सम्बन्धित समाचार