दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण सुरु

काठमाडौं । दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको कामले गति लिने भएको छ ।

शुक्रबारबाट पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तर्गत ‘ड्रिल’ गर्ने मेसिन दैलेखस्थित आयोजनाको साइटमा पुर्‍याउने क्रम सुरु भएको हो । दैलेखको भैरवी गाउँपालिकामा अन्वेषण साइट छनोट भएको छ ।

चैत २०७२ मा नेपाल र चीनबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननमा सहकार्य गर्ने सहमति भएको थियो । माघ २०७५ मा चीनलाई नेपालका दुई क्षेत्रमा पेट्रोलियम तथा ग्याँस खानीबारे विस्तृत अन्वेषण गर्न दिनेसम्बन्धी परियोजना स्वीकृत गरेको थियो ।

उक्त सहमतिअनुसार २०७६ फागुनमा खानी तथा भूगर्भ विभाग र चिनियाँ सरकारको जिओलोजिकल सर्भे कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्न २ अर्ब ४० करोड रुपैयाँ बराबरको आर्थिक तथा प्राविधिक सहयोग सम्झौता भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार