इरानको जेलमा रहेकी महिला अधिकारकर्मी नर्गिसलाई नोबेल शान्ति पुरस्कार

काठमाडौं । इरानकी मानव अधिकारकर्मी नार्गेस मोहम्मादीले यस वर्षको नोबेल शान्ति पुरस्कार पाएकी छन्।

नोबेल पुरस्कार समितिले शुक्रबार मोहम्मादीलाई इरानमा महिलामाथि हुने दमनविरूद्ध उनले गरेको लडाइँ र मानव अधिकार प्रवर्द्धन र सबैको स्वतन्त्रताका लागि गरेको योगदानका लागि नोबेल शान्ति पुरस्कार दिने निर्णय गरेको हो।

५१ वर्षीया मोहम्मादी अहिले जेलमा छन्। इरानी सरकारले उनलाई १३ पटक गिरफ्तार गरेको थियो भने ५ पटक दोषी ठहर गरेको थियो।

उनलाई ३१ वर्ष जेल सजाय र १५४ कोर्राको सजाय सुनाइएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार