सिराहबाट अवैध सामान बरामद

काठमाडौं । सिरहा जिल्लाका विभिन्न सीमा क्षेत्रबाट सुरक्षाकर्मीको टोलीले करिब ९ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।

नम्बर ७ गण हेडक्वार्टर सिरहाका अनुसार २०८३ साल साउन २३ गते जिल्लाका विभिन्न सीमा इलाकाबाट मोटरसाइकल, लत्ताकपडा, कस्मेटिक सामान, किराना सामान तथा विभिन्न किसिमका मदिरालगायतका सामान बरामद गरिएको हो।

बरामद गरिएका सामानको कुल अनुमानित मूल्य ८ लाख ९७ हजार ९ सय ७९ रुपैयाँ रहेको नम्बर ७ गण हेडक्वार्टर सिरहाले जनाएको छ।

बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा दाखिला गर्ने प्रक्रियामा रहेको गणले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार