काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनको फराकिलो अन्तरले पराजित गरको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर २१२ रन बनाएको थियो ।
उक्त लक्ष्य पछ्याएको माल्दिभ्स १९.४ ओभरमा ७४ रन बनाएर अलआउट भएपछि नेपालले फराकिलो जित हात पारेको हो । योसँगै नेपाल चीनमा जारी १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनल पुगेको छ ।
नेपालका लागि कप्तान रोहित पौडेलले ५२ , गुल्सन झाले ३५, कुशल मल्लले अविजित ४७ र कुशल भुर्तेलले ३५ रन बनाए । ६७ रनमा ४ विकेट गुमाएको अवस्थामा नेपाललाई रोहित, गुल्सन र कुशल मल्लले सम्हालेका थिए । मल्लले २० बलमा २ छक्का र ३ चौका प्रहार गरे । रोहितले २७ बलमा ३ छक्का र ३ चौका हिर्काए । गुल्सनले २१ बलमा तीन छक्का र १ चौका प्रहार गरे । पहिलो बलमा छक्का प्रहार गरेका दीपेन्द्रसिंह ऐरी दोस्रो बलमा आउट भए ।
नेपालले पहिलो खेलमा मंगोलियामाथि विश्व कीर्तिमान जित हात पारेको थियो।





प्रतिक्रिया