नेताहरुलाई रविको निर्देशन : हाम्रा कारण लोकतन्त्र कमजोर नबनोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका नेताहरूलाई लोकतन्त्र कमजोर पार्ने गतिविधि नगर्न निर्देशन दिएका छन् ।

उनले पार्टीको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै शीर झुकाउने काम गर्ने भनेका हुन् ।

उनले रास्वपामाथि अहिले सबैले आशंकाको दृष्टि रहेको उल्लेख गर्दै पार्टीका सांसद तथा नेताहरूले आफ्नो व्यवहार र गतिविधिमार्फत त्यसको जवाफ दिनुपर्ने बताए।

आफ्ना कारणले पार्टीको शिर नझुक्ने प्रतिबद्धता व्यक्त गर्दै उनले नेताहरूलाई पनि त्यही जिम्मेवारीबोधका साथ अघि बढ्न आग्रह गरे।

प्रतिक्रिया

सम्बन्धित समाचार