६ हजार ८ सयभन्दा बढी घरधुरीलाई खानेपानी उपलब्ध गराउँदै आएको गैंडाकोट पम्पिङ स्कीम तथा खानेपानी उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा रास्वपालाई हराउँदै नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त गठबन्धन विजयी भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्यानल नै बनाएर निर्वाचनमा होमिएका ज्ञानेन्द्र सापकोटाको प्यानललाई कांग्रेस एमाले गठवन्धनका अध्यक्ष उम्मेदवार विपिनभक्त अधिकारीले पराजित गरेका हुन् । अधिकारीले प्यालनसहित नै जित निकाले । अधिकारी गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीका छोरा हुन् ।
निर्वाचन समितिका संयोजक जनक ढुङ्गानाका अनुसार अधिकारीले १७२० मत ल्याउँदा रास्वपाका ज्ञानेन्द्र सापकोटाले ७२० मात्रै ल्याए । उपाध्यक्षमा कांग्रेस एमाले गठबन्धनका कृष्णप्रसाद काफ्ले, सचिवमा दामोदर तिवारी, कोषाध्यक्षमा श्रीराम सुवेदी, सहसचिवमा रुद्रबहादुर थापा र लेखा संयोजकमा भोजेन्द्र पौडेल विजयी भए ।
वि.सं. २०५१ सालमा स्थापना भएको यो संस्थालाई वि.सं. २०६३ सालमा संघीय खानेपानी विभागले औपचारिक रूपमा उपभोक्ता समितिलाई हस्तान्तरण गरेको थियो।




प्रतिक्रिया