रास्वपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ । सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न सचिवालय बैठक बस्न लागेको हो ।

बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, वनस्थलीमा बस्ने प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् ।

सत्तारुढ रास्वपाले स्थापित कानुनी र संस्थागत बाटो छलेर सञ्चारकर्मीमाथि धरपकड गर्नु विधिको शासनको ठाडो उल्लंघन भएको भन्दै शुक्रबार विज्ञप्ति जारी गरेको थियो ।

शुक्रबार प्रहरीले कार्यकक्षबाटै पत्रकारहरूलाई नियन्त्रणमा लिएपछि रास्वपाले विरोध गरेको थियो । सोही विषयमा छलफल हुने पार्टी स्रोतले बताएको छ ।

“सञ्चारमाध्यमलाई नियमन गर्ने अधिकारप्राप्त संस्थाहरू क्रियाशील रहेको अवस्थामा स्थापित कानुनी र संस्थागत बाटोलाई छलेर सञ्चारकर्मीमाथि धरपकड गर्नु विधिको शासनको ठाडो उल्लंघन हो,“ विज्ञप्तिमा भनिएको थियो ।

रास्वपाले सञ्चारमाध्यमलाई त्रसित पार्ने कार्य कुनै हालतमा स्वीकार्य नहुने जनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार