काठमाडौं । सहरी विकास मन्त्रालय अन्तर्गतको बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहोर संकलन गर्न ‘ट्रास बेरियर’ जडान गरेको छ । ६५ लाख रुपैयाँ खर्च गरेर यस्ता बेरियर राखिएको हो ।
गत साउन २ गते सम्झौता गरेर ६ ठाउँमा ट्रास बेरियर राखिएको छ । गोकर्ण ब्यारेजभन्दा माथि, गुहेश्वरी नजिक, पशुपतिभन्दा तल तीलगंगामा, मनोहरा र बागमतीको दोभानमा, युएन पार्कमा र कर्मनासा मिसिने ठाउँ बालकुमारीमा बेरियर जडान गरिएको छ ।





प्रतिक्रिया