रघुजी पन्त शिक्षामन्त्री नियुक्त, भोलि शपथ गराउने तयारी

काठमाडौँ। शिक्षामन्त्री पद रिक्त भएपछि नेकपा एमालेले वरिष्ठ नेता रघुजी पन्तलाई नयाँ शिक्षामन्त्रीमा नियुक्त गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार उनलाई भोलि शपथ गराउने तयारी गरिएको छ।

पूर्व शिक्षामन्त्री विद्या भट्टराईले शिक्षक आन्दोलनको चपेटामा परेपछि पदबाट राजीनामा दिएकी थिइन्। त्यसपछि खाली रहेको मन्त्रालयको नेतृत्व पन्तलाई दिने निर्णय एमालेले गरेको हो।

शिक्षा क्षेत्रमा जारी असन्तोषका बीच पन्तको नियुक्तिलाई सरकारको रणनीतिक कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार