अमेरिकी राष्ट्रपति बाइडेन कोरोना संक्रमित, चुनावी कार्यक्रम प्रभावित

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

ह्वाइटहाउसका अनुसार संक्रमण पुष्टि भएपछि बाइडेन अहिले आराम गरिरहेका छन् । उनमा नाकबाट पानी बग्ने र खोकी लाग्नेलगायत श्वासप्रश्वाससम्बन्धी लक्षण देखिएका छन् ।

यसअघि पनि बाइडेन दुई पटक संक्रमित भइसकेका छन् । बुधबार लास भेगासको चुनावी सभामा भाग लिएपछि बाइडेनमा कोभिडका लक्षणहरु देखिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार