सुत्केरीलाई बोकेर घरैमै

काठमाडौं । स्वास्थ्यकर्मीले सुत्केरीलाई बोकेर घरमै पुर्याएका छन् ।  प्युठानको ऐरावती गाउँपालिका–६, काल्नेकी ३० वर्षीया जिवा विकलाई झरीमा अस्पतालबाट बोकेरै घर पुर्याएका हुन् ।

विकलाई  शनिबार साँझ सुत्केरी व्यथा सुरु भएपछि उनी अस्पताल पुगेकी विकले सोही दिन राति १० बजे छोरालाई जन्म दिएकी थिइन् ।

सुत्केरी भएको २४ घण्टासम्म आराम गरेपछि स्वास्थ्यकर्मीहरुले उनलाई घर जान सल्लाह दिए । तर पानी परिरहेकाले गाडी चलेका थिएनन् । उनलाई बोकेर घरसम्म लैजान गाउँका अरु कोही तयार भएनन् । त्यसपछि स्वास्थ्यकर्मीहरुले नै स्टेचरमा बोकेर उनको घरसम्मै पुर्‍याइदिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार