राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक शुरु

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक शुरु भएको छ ।

पार्टी  कार्यालय बनस्थलीमा जारी बैठकमा समसामयिक राजनीति र  महामन्त्री मुकुल ढकालको समीक्षात्मक प्रतिवेदनमाथि छलफल हुने भएको छ ।

महामन्त्री ढकालले आफ्नो प्रतिवेदन पेश गर्दै पार्टीलाई सुधार गर्नु पर्ने बताएका थिए । यस्तै, अ‍ोली प्रचण्डभन्दा काठमाडौं महानगरका मेयर बालेन जस्तै स्वतन्त्र जनप्रतिनिधिसँग सहकार्य गर्नु राम्रो भएको बताएका थिए ।

आफ्नो प्रतिवेदन पेश गर्ने क्रममा उनले आफूलाई पार्टीले कारबाही पनि गर्ने सक्ने भन्दै त्यसको भागिदार हुन परेकाे पनि पछि नहट्ने प्रतिक्रिया दिएका थिए । यसैबीच, रास्वपाले पार्टीको अनुसाशन उल्लघंन गरेको भन्दै उनीसँग स्पष्टीकरण माग गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार