वी.पी. संस्कृत मावि सोलुखुम्बुले वृहत अन्तरक्रिया गर्दै



काठमाडौं ।  सोलुखुम्बु नेचासल्यान २ स्थित श्री वी.पी.संस्कृत माध्यमिक विद्यालयले स्थापना कालदेखि हालसम्मका प्रअ, विव्यस, शिअ पदाधिकारी, शिक्षक,कर्मचारी,पूर्वविद्यार्थी अक्षयकोष दाता, शुभचिन्तकलगायबीच वृहत शैक्षिक अन्तरक्रिया गर्ने भएको छ ।

विद्यालयले यही २०८१ वैशाख ८ गते शनिबार ‘पूर्वीय भाषा, संस्कृति,संस्कार र मौलिक पहिचान संरक्षण एवं सम्वद्र्धन संस्कारयुक्त बालमैत्री, प्रविधिमैत्री आवश्यकतामुखी र गुणस्तरीय शिक्षा हाम्रो अभियान’ भन्ने नाराका साथ सो अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रम काठमाडौं फैकास्थित मण्डला पार्टी भेन्यूमा हुने विव्यस अध्यक्ष सुरज केसीले जानकारी दिए ।

‘श्री वी.पी. संस्कृत माविले आयोजना गर्ने विद्यालयको स्थापनाकालदेखि हालसम्मका संस्थापनक पूर्वप्रअ, पूर्व तथा वर्तमान शिक्षक, कर्मचारी, विव्यस र शिअ संघ पदाधिकारी, पूर्वविद्यार्थी, अध्यकोष दातालगायत विद्यालयका अन्य सरोकारवाला र शुभचिन्तकहरुको भेलाका साथ नववर्ष २०८१को शुभकामना आदानप्रदान, चियापान र विद्यालयको चौतर्फी उन्नयनका लागि वृहत शैक्षिक अन्तरक्रिया कार्यक्रममा सहभागी भई कार्यक्रमको प्रभावकारिता बढाइदिनुहुन सादर निमन्त्रणा गर्दछौँ,’ विद्यालयद्वारा जरी सूचनामा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार