काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरण क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।
शुक्रबार नेपाली महिला उद्यमी महासंघले हेटौंडामा गरेको एक कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।
सातौँ अन्तर्राष्ट्रिय व्यापार मेलालाई सम्बोधनका क्रममा उनले भने ः विगतको तुलनामा महिलाहरुको अवस्था सुदृढ हुँदै गए पनि सन्तोषजनक छैन ।
विगतसँग तुलना गर्ने हो भने नेपाली महिलाको अवस्था क्रमशः सुदृढ हुँदै गएको छ । तर यो प्रगतिमा सन्तुष्ट हुन सकिने अवस्था अझै छैन । त्यसैले महिला सशक्तीकरणका लागि अझै धेरै काम गर्न बाँकी छ । जुन काम सरकारले र राष्ट्रले मात्र गरेर सम्भव हुँदैन । यसमा सबैको हातेमालो आवश्यक छ ।’







प्रतिक्रिया