काठमाडौं । आइतबार एकीकृत समाजवादी त्यागेर स्वतन्त्र बनेका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे पुनः मन्त्री बन्ने भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई आजै मन्त्री बनाउने तयारी गरेको छ ।
उच्च स्रोतका अनुसार मनाङेलाई आजै शपथको तयारी छ । मनाङे स्वतन्त्र चुनाव जितेर पछि एकीकृत समाजवादी प्रवेश गरेका थिए ।
तर, राजनीतिक समीकरण फेरिएपछि मनाङेले पार्टी छोडेका हुन् ।
अहिले गण्डकीको राजनीतिमा ट्वीस्ट भएको छ । नयाँ बनेको गठबन्धनले पनि बहुमत पुर्याउन नसक्ने भएपछि छुट्टाछुट्टै तयारी भइरहेको छ । कांग्रेसले पनि सत्ता जोगाउन आन्तरिक गृहकार्य गरिरहेको छ भने नयाँ गठबन्धनले नयाँ सरकार बनाउने दाबी छोडेको छैन ।



प्रतिक्रिया