काठमाडौं । गृहमन्त्री मन्त्रालयले माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न निर्देशन दिएको छ ।
यसअघि सुन प्रकरणमा संलग्न रहेकाले उच्चस्तरीय छानबिन आयोगले मुद्दा चलाउन सिफारिसका आधारमा गृहमन्त्रालयले महरालाई कारबाहीको सिफारिस गरेको हो ।
गृहमन्त्री रवि लामिछानेले आईजी वसन्तबहादुर कुँवर र सीआईबीका एआईजी श्यामलाल ज्ञवालीलाई मन्त्रालयमा बोलाएर महरालाई कारबाही गर्न निर्देशन दिइसकेका छन् ।
पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई कारबाही गर्न सिफारिस गरेको थियो ।



प्रतिक्रिया