नेपालका सरकारी वेभसाइटहरू किन बन्द भए ?

काठमाडौं । पीएचपी प्रविधिमा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि नेपालका केही सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएका छन्। सम्भावित साइबर आक्रमणबाट प्रणालीलाई सुरक्षित राख्न सावधानीस्वरूप सेवा बन्द गरिएको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडिओसी) ले जनाएको छ।

केन्द्रले जरुरी सुरक्षा सूचना जारी गर्दै पीएचपी प्रविधिमा ‘PHP@Shell’ नामक उच्च जोखिमयुक्त सुरक्षा कमजोरी फेला परेको जानकारी दिएको छ। केन्द्रका अनुसार उक्त कमजोरीलाई CVE-2026-109618 र CVE-2026-109619 का रूपमा पहिचान गरिएको छ। यसको गम्भीरता मापन गर्ने CVSS स्कोर ९.२ रहेको जनाइएको छ।

यो सुरक्षा कमजोरीका कारण विश्वभर पीएचपीमा आधारित प्रणालीहरू जोखिममा परेका छन्। यसको दुरुपयोग गरी आक्रमणकारीले प्रयोगकर्ताको लगइनबिनै सर्भरमा कोड सञ्चालन गर्न र प्रणालीमाथि नियन्त्रण कायम गर्न सक्ने खतरा रहेको केन्द्रले जनाएको छ।

बडादशैंको बिदाका समयमा समेत जोखिम न्यूनीकरण तथा प्रणालीलाई सुरक्षित बनाउन केन्द्र र सम्बन्धित प्राविधिक टोलीहरू निरन्तर काममा खटिएका छन्। प्रभावित प्रणालीहरूमा आवश्यक सुरक्षा प्याच राख्ने र प्राविधिक परीक्षण गर्ने काम भइरहेको केन्द्रले स्पष्ट पारेको छ।

सुरक्षा अद्यावधिक र परीक्षण सम्पन्न भएपछि पूर्ण रूपमा सुरक्षित भएका सरकारी वेबसाइट तथा अनलाइन सेवाहरू क्रमशः पुनः सञ्चालनमा ल्याइने केन्द्रको भनाइ छ। सेवा अचा

प्रतिक्रिया

सम्बन्धित समाचार