मोदीले सरकार प्रमुखका रूपमा २५ वर्ष पूरा गरेकामा केन्द्रिय मन्त्रिपरिषद्को बधाई

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकार प्रमुखका रूपमा २५ वर्ष पूरा गरेका छन् । मोदीले सरकार प्रमुखका रूपमा २५ वर्ष पूरा गरेकोमा भारतको केन्द्रीय मन्त्रिपरिषद्ले उनलाई बधाई दिँदै प्रस्ताव पारित गरेको छ ।

मोदी सन् २००१ अक्टोबर ७ मा पहिलोपटक गुजरातको मुख्यमन्त्री बनेका थिए । त्यसपछि सन् २०१४ मा संघीय सरकारको प्रधानमन्त्री बनेका उनले आज सरकार प्रमुखका रूपमा २५ वर्ष पूरा गरेका हुन् ।

सूचना तथा प्रसारणमन्त्री अश्विनी वैष्णवले मोदीको २५ वर्षे कार्यकाल भारतीय लोकतन्त्रको सामर्थ्य र परिपक्वताको प्रमाण भएको बताएका छन् ।

सामान्य परिवारबाट आएका व्यक्तिले आफूलाई राष्ट्रसेवामा समर्पित गरी निरन्तर देशको नेतृत्व गर्नु लोकतन्त्रको जीवन्तताको उदाहरण भएको उनको भनाइ छ ।

वैष्णवले मोदीले लोकतान्त्रिक शासन व्यवस्थामा अद्वितीय इतिहास बनाएको बताएका छन् । उनको कार्यशैली, नीति र स्पष्ट उद्देश्यका कारण निरन्तर जनसमर्थन प्राप्त भएको मन्त्रीको भनाइ छ ।

मन्त्रिपरिषद्को प्रस्तावका १० प्रमुख बुँदामध्ये पहिलो बुँदामा मोदीले गुजरातमा अघि सारेको विकासको दृष्टिकोणलाई देशभर विस्तार गरिएको विषय समेटिएको छ । न्युजअनएयरबाट

प्रतिक्रिया

सम्बन्धित समाचार