सरकार फासीवादतर्फ उन्मुख भयो : झाँक्री

काठमाडौं । सांसद रामकुमारी झाँक्रीले सरकार फासीवादको बाटोमा हिँडिरहेको बताएकी छन् ।

बिहीबारको राष्ट्रियसभा बैठकमा सांसद झाँक्रीले सरकारको फासीवादको पछिल्लो घटना पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको गिरफ्तारी भएको बताइन् ।

“सरकारले मध्यरातमा पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गर्‍यो । बिनाकारण गरिएको गिरफ्तारीबारे सरकारले लाज ढाक्न पनि कारण दिन सकेको छैन,” झाँक्रीले भनिन्, “सरकारलाई सदनमा जवाफदेही बनाउनुपर्छ । यो अधिवेशनमा सरकारले जवाफ दिएन भने अर्को अधिवेशनमा भए पनि जवाफदेही बनाउनुपर्छ ।”

उनले फाँसीवाद कसरी आउँछ भनेर दुनियाँमा धेरै किताब लेखिएको भन्दै सरकारका एकपछि अर्का कदमले त्यही संकेत गरिरहेको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार