कोइरालाले मतदातालाई पठाए पत्र

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आफ्नो क्षेत्रका नेता, कार्यकर्ता तथा मतदातालाई पत्र पठाएका छन् । मोरङ -६ बाट उम्मेदवारी दिएका कोइरालाले पार्टीको क्रियाशील सदस्यसहित करिब ६५ सयजनालाई पत्र पठाएका छन् ।

कोइराला गएको निर्वाचन क्षेत्रमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए ।

कोइरालाले पठाएको पत्रमा भनिएको छ, मोरङ क्षेत्र नम्बर ६ बाट मलाई यो भौतिक बल र जिम्मेवारीमा पुर्‍याउनु हुने तपाईँप्रति म सदा आभारी छु, ऋणी छु । भ्रष्टाचार निर्मूल नगरी विकास निर्माण सम्भव छैन भने मेरो मान्यता हो ।

विगत लामो समयदेखि पार्टीभित्र र बाहिरका सार्वजनिक मञ्चबाट विकास निर्माण र सुशासनका पक्षका आवाज उठाइरहेको उल्लेख गरेका छन् ।

पत्रमा भनिएको छ, ‘मलाई निस्वार्थ भावबाट यसरी राष्ट्रिय जिम्मेवारीमा पठाउँदा मैले यस क्षेत्रका आफ्ना प्यारा दाजुभाइ, दिदीबहिनीहरूप्रति न्याय गर्न सकेको छैन भने म अन्तस्करणबाट क्षमाप्रार्थी छु ।’

यो क्षेत्रका विकासका गतिविधिकोलाई तीव्रता दिने आफ्नो आकाङ्क्षा रहेको भन्दै यसको मूल्याङ्कन गर्ने जिम्मेवारी मतदातालाई नै दिएका छन्। उनले फेरि कांग्रेसको रुख चिन्ह लिएर घरदैलोमा आएको भन्दै जिताउन पार्टी पङ्क्तिलाई आह्वान गरेका छन् ।

चुनावी अभियानसँगै यो पत्र पठाउने क्रम पनि चलिरहेको कोइराला सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार