बिहीबारसम्म २ लाख ५७ हजारभन्दा बढी नयाँ मतदाता थप

काठमाडौं । निर्वाचन आयोगले बिहीबारसम्म २ लाख ५७ हजारभन्दा बढी नयाँ मतदाता थपिएको जनाएको छ ।

निर्वाचन आयोगका अनुसार ९ असोजदेखि २७ कात्तिकसम्मको अवधिमा २ लाख ५७ हजार ५०५ जना नयाँ मतदाता थपिएका हुन् ।

जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले मतदाता नामावली ऐन, २०७३ सोशोधन गरी ९ असोजदेखि मतदाता नामावली दर्ता आह्वान गरेको थियो ।

२१ फागुनमा हुने प्रतिनिधिसभा चुनावमा मतदान गर्न योग्य धरै जेनजीहरू बञ्चित हुने भएपछि सरकारले अध्यादेशमार्फत मतदाता नामावली संकलनको बाटो खुला गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार