एमाले नेता महर पक्राउ गर्न पुर्जी जारी

काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

आज प्रहरीको साइबर ब्युरोले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

‘‘ऐन महरविरुद्ध एक महिलाले दिएको निवेदनका आधारमा ब्युरोले पक्राउ अनुमति लिएको हो । हामी कानुनी प्रक्रियामा छौँ,’’ स्रोतले भन्यो ।

महर अनेरास्ववियुको विद्यार्थी राजनीति हुँदै केन्द्रीय सदस्य बनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार