बुधबार रातिबाट ईडिभी भर्न खुला

काठमाडौं । २०२६ डाइभर्सिटी भिसा कार्यक्रम आज राति ९: ४५ बजे (नेपाली समय) बजेबाट खुलेको छ । डिभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकहरू मध्येबाट एकदमै निष्पक्ष रूपमा गरिने नेपालस्थित् अमेरिकी दूतावासले जनाएको छ ।

एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने दुताबासले जानकारी दिएको छ । आवेदन भने https://dvprogram.state.gov/ मा अक्टोबर २, राति ९: ४५ बजे (नेपाली समय) देखि नभेम्बर ५ , राति १०: ४५ बजे (नेपाली समय) सम्मको समयमा जुनसुकै बेला पनि बुझाउन सकिने जनाईएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार