प्रधानमन्त्रीमा ओली नियुक्त

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

संविधानको धारा ७६ को उपधाराबमोजिम उनलाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलले स‌ंविधानको सो धाराबमोजिम सरकार बनाउनका लागि आह्वान गरेका थिए । राष्ट्रपतिले गरेको आह्वान बमोजिम कांग्रेसको समर्थनमा ‌ओली प्रधानमन्त्री भएका हुन् ।

 

प्रतिक्रिया