यस्तो छ, कांग्रेसबाट मन्त्री बन्नेहरुको नामावली

काठमाडौं । नेपाली कांग्रेसले सरकारमा पठाउने मन्त्रीकोहरुको सूची तयार पारिसकेकाे छ  । जसमा  प्रकाशमान सिंहले नेपाली कांग्रेसको नेतृत्व गर्नेछन् ।  गृहमन्त्रालयमा रमेश लेखक जानेछन् भने सहमहामन्त्री किशोरसिंह राठौरलाई पनि सकारमा पठाउने देउवाको योजना छ । ती नेताका अनुसार त्यसबाहेक देउवा पत्नी आरजु राणा पनि सरकारमा जाने छिन् । देउवाले सांसद अजय चौरासियालाई पनि मन्त्री बनाउने ती नेताको भनाइ छ ।

सभापति देउवाले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको कोटामा दिपक खडकालाई मन्त्री बनाउन लागेको चर्चा छ ।

उपसभापति पूर्णबहादुर खड्काको एकमात्र सिफारिसमा रामहरि खतिवडाको नाम परेको छ । खड्काको सिफारिसमा देउवा सहमत भएमा खतिवडा पनि मन्त्री बन्नेछन् ।

उता संस्थापनइतरबाट भने सहमहामन्त्री बद्री पाण्डे र जीवन परियारमध्ये एकजना मन्त्री बन्नेछन् , हृदयराम थानी, रामनाथ अधिकारी र दिपक गिरीमध्ये एकलाई सरकारमा पठाउने गृहकार्य भएको छ ।

शेखर पक्षका एक नेताका अनुसार यो पक्षबाट तेजुलाल चौधरी र सरिता प्रसाईंमध्ये एकजना मन्त्री बन्नेछन् ।

महामन्त्री गगन थापा मन्त्री नबन्ने भएपछि प्रदीप पौडेललाई मन्त्री बनाउने गगनको प्रस्तावमा शेखर सहमत भए पनि देउवा असहमत देखिएका छन् । पौडेलको स्थानमा अर्जुननरसिंह केसीको नाम आउन सक्ने बताइएको छ ।

अहिलेसम्म कांग्रेसले गृह र परराष्ट्रमन्त्रालय पाउने बताइएपनि अन्य मन्त्रालय भने टुंगो लागिसकेको छैन ।

प्रतिक्रिया