प्रचण्डले छाडे बालुवाटार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटार छाडेका छन् ।

पदबाट मुक्त भएसँगै उनले आज बालुवाटार छाडेका हुन् । बालुवाटार छाडेसँगै प्रचण्ड आफ्नो निजी निवास ललितपुरस्थित खुमलटारमा सरेका छन् ।

संसदीय दलको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमालेबीच सहकार्य गर्ने सहमतिसँगै अल्पमतमा परेका दाहालले आज विश्वासको मत लिएका थिए । तर, उनले विश्वासको मत प्राप्त गर्न सकेका थिएनन् । सो क्रममा उनले विश्वासको मत प्राप्त गर्न सकेका थिएनन् ।

एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए । तर, प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत मात्र पर्‍यो भने नको विपक्षमा १९४ मत पर्‍यो । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ ।

प्रतिक्रिया