आज राप्रपा संसदीय दलको बैठक बस्दै

 काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक आज दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्ने राप्रपाले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले शुक्रबार लिन लागेको विश्वासको मत दिने वा नदिनेबारे पनि बैठकमा छलफल गरी निर्णय गर्नेछ ।

साथै, आगामी  दिनमा संसदमा आफुहरु कसरी प्रस्तुत हुने भन्नेबारेमा रणनीति बनाउने राप्रपाको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार