रविविरुद्ध पूर्वमहासचिव ढकाल भन्छन् : पासपोर्ट र सहकारीबारे छानबिन होस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीबाट बर्खास्त भएका मुकुल ढकालले सभापति रवि लामिछानेमाथि पासपोर्ट र नागरिकताबारे छानबिन हुनुपर्ने बताएका छन् ।

पार्टीले कारबाही गरेको भोलिपल्ट बुधबार पत्रकार सम्मेलन गरेका ढकालले पार्टी सभापति लामिछानेमाथि कारबाहीको माग गरेका हुन् ।

यस्तै, उनले सहकारी ठगी प्रकरणमा छानबिन गर्न माग गरे । पछिल्लो पटक सर्वोच्च अदालतले नै लामिछानेमाथि अनुसन्धान गर्नुपर्छ भनिसकेको भन्दै उनले भने, ‘यसमा रास्वपाको धारणा के छ रु पार्टीले स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्छ ।’

प्रतिक्रिया