काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशभर मनसुनी वायुको प्रभाव रहने जनाएको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको विभागले जनाएको छ।
यतिखेर देशका धेरैजसो स्थानहरुमा साधारणतया बदली रही कोशी, मधेश, बागमती तथा गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, लुम्बिनी तथा गण्डकी प्रदेशका केहि स्थानहरु तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भिषण वर्षाको सम्भावना रहेको छ ।
आज राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरु र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
देशका केही स्थानहरूका मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।






प्रतिक्रिया