काठमाडौं । प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले ७८ दिनदेखि गर्दै आएको विरोध हटेको छ ।
सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन र प्रतिनिधिसभा नियमावलीअनुसार प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सरिक हुन सभामुखले प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेसँगै विपक्षी दलका सांसदहरू विरोधको शैलीबाट पछि हटेका हुन् ।
सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई सदनमा उपस्थित हुन रुलिङ गरेका छन् । सोमबार (भदौ १) प्रतिनिधिसभा बैठकमा उनले प्रतिपक्ष दलको विरोधप्रति आफ्नो ध्यानाकर्षण भएको बताए ।
त्यसपछि प्रतिनिधिसभा बैठकमा उपस्थित भई नियम ५६, ५७ र ५८, ५९ र ६० बमोजिम सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई उनले निर्देशन दिएका हुन् । त्यसपछि प्रतिपक्षी सांसद आफ्नो आसनमा बसेका थिए ।





प्रतिक्रिया