काठमाडौँ । रेकर्ड मूल्यबाट सुनको भाउ घटेको छ । आइतबार एक हजार रुपैयाँले बढेर रेकर्ड बनाएको सुनको भाउ आज तोलामा ४०० रुपैयाँले घटेको छ ।
सोमबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी आज चाँदी प्रतिताेला १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको छ ।







प्रतिक्रिया