प्रधानमन्त्री दाहाललाई सत्तामोह त्यागी आत्मसमीक्षा गर्न पार्टीकाे माग

काठमाडौँ । प्रतिनिधिसभाका दुई ठूला दल कांग्रेस र एमालेबीच सत्ता सहकार्यका लागि सहमति भएपछि माओवादी सत्ताबाट बाहिरिने अवस्थामा पुगेको छ ।
प्रधानमन्त्री एवंपार्टी अध्यक्ष पुष्पकमल दाहालले असार २८ मा विश्वासको मत पाउने संभावना नभएकाले सरकारबाट बाहिरिने निश्चित देखएको हाे ।

अध्यक्ष दाहालले प्रधानमन्त्रीका लागि लिएको ‘दायाँ–बायाँ’ नीतिले पार्टीलाई ओरोलोतर्फ लागेको भन्दै मुख्य नेतृत्वले आत्मसमीक्षा गरी सत्तामोह त्याग्नु पर्ने माग हुन थालेको छ ।

दाहालले संसद्‌को ३२ सिटलाई सत्ताको दाउपेचका लागि प्रयोग गरेको, डेढ वर्षमा तीन गठबन्धन सरकारको नेतृत्व गरे पनि सर्वसाधारणको अपेक्षाअनुसार काम गर्न नसकेको, सरकारमा गएपछि माओवादीले उठाउँदै आएका संघीयताको कार्यान्वयनमा चुकेको, शान्ति प्रक्रियाका कामलाई टुंगोमा पुर्‍याउन नसकेको, पार्टी संगठन लाई ध्यान नदिएको, बजेटमा जनमुखी कार्यक्रम नलाएको उनीमाथि आरोप छ । उनीहरुले दाहाललगायत पटक(पटक सरकारमा गएका नेताहरुले पनि आत्मसमीक्षा गर्दै सत्तामोहका कारण पार्टी कमजोर भएको स्वीकार गर्नुपर्ने पार्टीकाे  माग  हाे ।

माओवादीको ओरालो यात्रा २०७९ को आमनिर्वाचनमा पनि देखियो । उक्त निर्वाचनमा माओवादीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १८ र समानुपातिक १४ सिट जितेको थियो । समानुपातिकतर्फ ११ लाख ६२ हजार मत ल्याएर तेस्रो स्थानमा आए पनि सरकार निर्माणका लागि निर्णायक हुँदै आएको छ ।

माओवादीले पाएको मत प्रतिशत विश्लेषण गर्दा पनि उसको जनमत क्रमशः घट्दै गएको देखिन्छ । २०६४ मा २९ प्रतिशत, २०७० मा १५ प्रतिशत, २०७४ मा १३ प्रतिशत हुँदै गत आम निर्वाचनसम्म आइपुग्दा उसले ११ प्रतिशतको मत पाएको थियाे  ।

प्रतिक्रिया