जर्मनीलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश

काठमाडौं । स्पेन युरोकप २०२४ को सेमिफाइनलमा पुगेको छ ।

आयोजक जर्मनीलाई अतिरिक्त समयमा पराजित गर्दै स्पेन युरो २०२४ को सेमिफाइनलमा प्रवेश गरेको हो ।

मिकेल मेरिनोले अतिरिक्त समयमाको अन्तिममा निर्णायक गोल गरेपछि स्पेनले अन्तिम चारको यात्रा तय गरेको हो । मुख्य प्रतियोगितामा ३६ वर्षपछि स्पेनलाई हराउने जर्मनीको लक्ष्य यस पटक पूरा हुन सकेन ।

स्टुटगार्डमा भएको पहिलो क्वाटरफाइनलमा डानी ओल्मोले ५१औं मिनेटमा लामिन यामलको पासमा गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

स्पेन जिततर्फ अग्रसर भइरहेका बेला ८९औं मिनेटमा जर्मनीका लागि फ्लोरिन विट्जले जोसुअ किम्मीचको पासमा बराबरी गोल गर्दै खेल रोमाञ्चक स्थितीमा पुर्‍याए ।

स्पेनले अब सेमिफाइनलमा पोर्चुगल र फ्रान्सबीचको खेलको विजेतासँग खेल्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार