गरिमा विकास बैंक लिमिटेडको केन्द्रीय कार्यालय स्थानान्तरण प्रक्रिया सम्पन्न भएको छ । बैंकको १९ औँ वार्षिक साधारण सभाबाट पारित विशेष प्रस्तावअनुसार काठमाण्डौ महानगरपालिका– २, लाजिम्पाटस्थित रजिष्टर्ड कार्यालयलाई काठमाडौँ महानगरपालिका–३, बालुवाटारमा स्थानान्तरण गरिएको हो ।
बैंकको २०८२ कार्तिक २७ गते सम्पन्न वार्षिक साधारणसभाले केन्द्रीय कार्यालय स्थानान्तरण गर्ने विशेष प्रस्ताव पारित गरेको थियो। सोही निर्णयअनुसार आवश्यक प्रक्रिया अगाडि बढाइएकोमा नेपाल राष्ट्र बैंकबाट साउन २० गते केन्द्रीय कार्यालय स्थानान्तरणका लागि अन्तिम स्वीकृति प्राप्त भएको छ ।
त्यसैगरी, कम्पनी रजिष्ट्रारको कार्यालयबाटसाउन २१ गते बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन सम्बन्धी स्वीकृति समेत प्राप्त भएको बैंकले जनाएको छ ।



प्रतिक्रिया