एकीकृत समाजवादीको दशौँ महाधिवेशन सम्पन्न, १९ बुँदे प्रस्ताव सार्वजनिक

काठमाडौं । १९ बुँदे प्रस्ताव सार्वजनिक गर्दै एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन सकिएको छ ।

माधव नेपाल अध्यक्ष, झलनाथ खनाल सम्मानित नेता र घनश्याम भूसाललाई निर्विरोध महासचिव चयन गरेको एकीकृत समाजवादीले बाँकी पदाधिकारी चयन गर्ने जिम्मा सचिवालयलाई दिएको छ ।कमिटीलाई पूर्णता दिने म्याण्डेट बमोजिम शुक्रबार ९३ जना केन्द्रीय सदस्य घोषणा गरिएको छ ।
यसअघि पोलिटब्यूरोमा रहेका नेताहरूलाई केन्द्रीय कमिटीमा राखेर घोषणा गरिएको छ ।

बाँकी पदाधिकारी र केन्द्रीय कमिटीबारे तत्काल निर्णय नहुने भएको छ । तर शुक्रबार महाधिवेशन समापन भएको सन्देश दिन १९ बुँदे प्रस्ताव सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया