काठमाडाैँ । नेकपा एकीकृत समाजवादी अध्यक्षसहित सम्मानित नेता र महासचिव पद टुंगो लागेको छ । बिहीबार पार्टी अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत निर्वाचित भएका छन् ।
अब एक वरिष्ठ उपाध्यक्षसहित ८ उपाध्यक्ष, ३ उपमहासचिव र ७ सचिव पदकाे टुङ्गो लगेको छैन । यसरी एकीकृत समाजवादी तीन पदाधिकारी टुंगो लगाउँदा पार्टीकी चर्चित नेता पूर्वमन्त्री रामकुमारी झाक्रीको पदमा सहमति भएको छैन ।
हाल पार्टी सचिव रहेकी झाक्री महासचिव लड्ने मनस्थिति बनाएकी थिइन । तर, महासचिवमा भुसाल आफै दोहोरिने भएपछि उनलाई संकट परेको छ ।
अहिले बाँकी रहेको उपमहासचिव र उपाध्यक्षमध्ये उपाध्यक्षमा जान सक्ने ती नेताको आंकलन छ । तर, शुक्रबार सर्वसम्वत पदाधिकारी चयन गर्न लागेकाले पार्टी नेताले दबाब दिएर उपमहासचिव र उपाध्यक्षमध्ये एकमा सेट गर्न सक्ने देखिएको छ ।



प्रतिक्रिया