काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसालले प्रधानमन्त्रीले सदनमा विश्वासको मत लिए पक्षमा मतदान गर्ने बताएका छन् ।
बिहीबार पार्टीको महाधिवेशनस्थल प्रज्ञा भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै भुसालले विश्वासको मत लिने वा नलिने अधिकार प्रधानमन्त्रीलाई रहेको भन्दै प्रधानमन्त्रीले सदनमा विश्वासको मत लिए पक्षमा मतदान गर्ने बताए ।
उनले प्रधानमन्त्री प्रचण्डले सरकार नछाडेसम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पारे ।



प्रतिक्रिया