काठमाडौं । राजीनामा दिन भनेर बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु राजीनामा नदिई फर्किएका छन् ।
राजीनामा दिन भनेर बिहीवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसहितका रास्वपाका मन्त्रीलाई प्रधानमन्त्री दाहालले मलाई सहयोग गर्नुस् भनेपछि उनीहरु राजीनामा नदिई फर्किएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले रास्वपासँग सहयोग माग्नुभएको र प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने भनेसँगै आफूहरुले संविधानले दिएको प्रधानमन्त्रीको अधिकारलाई समर्थन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारको भनाइ छ ।



प्रतिक्रिया