काठमाडौं । नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा प्रतिपक्षमा रहेका दलहरूको बैठक बोलाएको छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता साझेदारी गर्नेबारे सम्झौता भएसँगै देउवाले प्रचण्ड नेतृत्व सरकारमा रहेका प्रतिपक्षी दलहरुलाई कांग्रेसले छलफलका लागि बोलाएको हो ।
काग्रेस सहमहामन्त्री भीष्म आङ्देम्बेले मंगलबार साँझ बैठक बस्ने जानकारी गराए । बैठक देउवा निवास बूढानीलकण्ठमा बस्नेछ ।
कांगेसले बोलाएको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत दल सहभागी हुने भएका छन् ।



प्रतिक्रिया