काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् ।
सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार बनाउने सहमित बनेको भोलिपल्ट दाहाल राष्ट्रपति भेट्न गएका हुन् । सोमबार राति नेकपा एमाले र कांग्रेसबीच सत्ता साझेदार भएको थियो ।
दिउँसो साढे १२ बजेको समयमा प्रचण्ड शीतलनिवास पुगेका हुन् । यतिखेर दुई पक्षबीच कुराकानी भइरहेकाे छ ।



प्रतिक्रिया