टियूका कपी  हराउनेलाई कारबाही गर्ने हो, गुण्डागर्दी सहन्नँ : शिक्षमन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने बताएकी छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले दलीय राजनीतिक हस्तक्षेप स्वीकार्य नहुने बताइन् ।

६ पटकसम्म उत्तर पुस्तिका हराएको भए पनि अहिलेसम्म कसैलाई कारबाही नगरेको पाइएको उनले सुनाइन् । नयाँ टिमले अध्ययन गरेर प्रतिवेदन तयार पारेपछि दलका भ्रातृ संगठनहरूले आफूहरूले भने जस्तो कारबाही नभए तालाबन्दी गर्छौं भनेको भन्दै मन्त्री श्रेष्ठले भनिन्, यस्तो पनि हुन्छ ? यो त अराजकता हो ।’

यसलाई रोक्ने हो जसले हराएको छ, उसलाई कारबाही हुनुपर्ने बताइन् ।

त्रिभुवन विश्वविद्यालयमा सेवा आयोगले नयाँ विज्ञापन खोल्दा एउटा समूह तालाबन्दी गरेको भन्दै उनले अगाडि भनिन्, ‘यसमा सबैले मम गर्नुपर्ला, त्यो भ्रातृ संगठन क-कसको हो भनेर ?’

दलीय राजनीतिक हस्तक्षेप अन्त्य हुँदासम्म यो अवस्था रहने भन्दै शिक्षामन्त्री श्रेष्ठले भनिन्, ‘बरु म प्रहरी राखेर अन्तर्वार्ता गर्छु, गुन्डागर्दी सहिन्न । दलीय राजनीतिकरण हटाएरै छोड्ने हो ।’

प्रतिक्रिया