काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) पार्टीको १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आजदेखि सुरु हुँदैछ ।
बन्दसत्र प्रज्ञा प्रतिष्ठानमा हुने भएकाे छ। बन्दसत्रमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधान संशोधन प्रस्ताव र सांगठनिक प्रतिवेदनमा छलफल हुनेछ ।
एमालेबाट अलग्गिएपछि एकीकृत समाजवादीले पहिलोपटक महाधिवेशन गरेको हो । यो महाधिवेशनले २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।
अधिवेशनबाट सर्बसम्मत नेतृत्व चयन गर्ने प्रयास हुने नेताहरूको दाबी छ । अध्यक्षका लागि माधव नेपालका साथै महासचिव घनश्याम भूसाल पनि आकांक्षि देखिएका छन् ।
सर्वसम्मत चयन हुने अवस्था नभए नेपाल र भूसाल प्यानलसहित निर्वाचनमा जानेछन् ।



प्रतिक्रिया